
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०८३/०३/२३ गते प्रकाशित विशेष छात्रवृत्ति (शैक्षिक सत्र २०८३/०८४) को नतिजाका आधारमा यस विद्यालयमा छनोट भई भर्ना सिफारिस भएका केही उम्मेदवारले तोकिएको समयभित्र भर्ना नगरेका कारण केही कोटा रिक्त रहेको जानकारी गराइन्छ।
उक्त रिक्त कोटामा वैकल्पिक सूची (Alternative Merit List) मा रहेका योग्य उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको मितिले पाँच (५) दिनभित्र (कार्यालय समयभित्र) विद्यालयमा उपस्थित भई वा mlpti2077@gmail.com मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न अनुरोध गरिन्छ।



